राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल, २ बुँदे सहमति (पत्रसहित) | Khabarhub Khabarhub

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल, २ बुँदे सहमति (पत्रसहित)


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ मा आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने भएको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा राष्ट्रियसभा चुनावमा तालमेल गर्ने विषयमा दुई बुँदे सहमति भएको हो ।

सहमतिका दुई बुँदामध्ये पहिलो बुँदामा आगामी माघ ९ गते हुने प्रदेश नम्बर २ को राष्ट्रियसभा निार्वचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने तथा महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेकपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

सहमतिको दोस्रो बुँदामा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने उल्लेख छ ।

सहमति पत्र

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र