सुन्तलाको एकै बोटबाट २७ हजार आम्दानी | Khabarhub Khabarhub

सुन्तलाको एकै बोटबाट २७ हजार आम्दानी


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोपेका थिए । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले २७ हजार कमाइ दियो ।

बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो ५० देखि ६० रुपैयाँ सम्म पर्छ । ‘तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो’, बागलुङ नगरपालिका–८ सिगानाका खड्काले भने, ‘यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।’

दुई वर्षअघि सोही बोटमा जम्मा ३ सय किलो सुन्तला फलेको उनको भनाइ छ । ‘सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुपर्‍यो, केही बोटका त हाँगै भाँचिए’, खड्काले रासससँग भन्नुभयो, ‘मौसम राम्रो पर्‍यो, पानी, मल व्यवस्थापन र रेखदेखमा पनि ध्यान दियौँ ।’

खड्काले विसं २०३७ मा १०० बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गरेका थिए । उनको बगानमा अहिले नयाँ पुराना गरी २ सय सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष चार टन सुन्तला फलेको खड्काले बताए । उनका अनुसार सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुन्छ ।

खड्काले ‘सेलर स्टोर’ मा भण्डारण गरी पछिसम्म सुन्तला बेच्छन् । त्यही सुन्तला माघ, फागुनमा बेच्दा प्रतिकिलो एक सय रुपैयाँ सम्म पर्छ । ३९ वर्षअघि सुन्तलाखेती गर्ने गाउँकै एक्लो किसान थिए ।

अहिले गाउँका झण्डै १५० किसान सुन्तलाखेतीमा लागेका छन् । यतिखेर सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । वडाअध्यक्ष राजन केसीका अनुसार सिगानामा झण्डै एक हजार रोपनीमा व्यावसायिक सुन्तलाखेती छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : ४९ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास