राष्ट्रिय वाणिज्य बैंकद्वारा स्वर्ण विजेता भलिबल टोलीलाई सम्मान | Khabarhub Khabarhub

राष्ट्रिय वाणिज्य बैंकद्वारा स्वर्ण विजेता भलिबल टोलीलाई सम्मान


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गरेको छ ।

बैंकले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल १६ जना खेलाडी र अफिसियलहरुलाई सम्मान गरेको हो ।

खेलाडी तथा अफिसियलहरुलाई वाणिज्य बैंक संचालक समितिका निर्मलहरि अधिकारी र प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।

सो कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहँदै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ५८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर