धर्म निरपेक्षका नाममा जनतामाथि धोकाः अध्यक्ष राणा | Khabarhub Khabarhub

धर्म निरपेक्षका नाममा जनतामाथि धोकाः अध्यक्ष राणा


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपारसी– राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले दलहरुको स्वार्थका कारण नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको आरोप लगाएका छन् ।

राप्रपा संयुक्तले आयोजना गरेको जानकी रथयात्राको क्रममा नवलपरासीको कावासोती पुगेका अध्यक्ष जबराले सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै काँग्रेस र कम्युनिष्टहरुले संविधानमा धर्मनरपेक्ष राज्य उल्लेख गरेर जनतालाई धोका दिएको आरोप लगाएका हुन्।

उनले नेपालीको पहिचान हिन्दु राष्ट्र भएको र जनाले पनि हिन्दू राष्ट्र नै चाहेको दाबी गरे । कार्यक्रममा अर्का नेता बिक्रम पाण्डले राप्रपाको इतिहास र सिन्द्धातहरु अन्य पाटीका भन्दा विशेष रहेकोले समाजमा एउटा तप्काले पार्टीलाई खोजी गरिरहने बताए ।

उनले हिन्दु राज्य भनेर संविधानमा उल्लेख नगरेरसम्म राप्रपा संयुक्त आन्दोलित भइरहने पनि चेतावनी दिए ।

जनकपुरको जानकी मन्दिरबाट शुरु भएको रथयात्र लुम्विनी पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ३५ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत