काठमाडौं– राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको ‘बैंकिङ एक्स्पो २०१९’ सम्पन्न भएको छ । वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष राखिएको थियो ।
प्रदर्शनी कक्षमा रहेका परामर्शदाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिएका आयोजक संस्था मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले उद्घाटन गरेको प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स संघ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिएका थिए ।
नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारीमा उक्त एक्स्पोको आयोजना गरिएको थियो ।
प्रदर्शनीको सहयोगी पार्टनरमा युवा स्वरोजगार कोष, नेपाल बैंकर्स एसोशियसन, नेपाल शैक्षिक परामर्श संघ, सोसाईटी डेभलपमेन्ट तथा डिजिटल बैंकिङ पार्टनरमा प्रभु पे थिए ।
२ हजार सेवाग्राहीले प्रदर्शनीको अवलोकन गरेका निर्दोषले बताए ।
प्रतिक्रिया