पूर्वराजाले केकीलाई भने– म तपाईंलाई चिन्छु, फिल्म पनि हेरेको छु | Khabarhub Khabarhub

पूर्वराजाले केकीलाई भने– म तपाईंलाई चिन्छु, फिल्म पनि हेरेको छु


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिवार राति राजधानीको ठमेलस्थित एलओडी रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी राज्यलक्ष्मी शाह नाचेको दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । पूर्वराजा ज्ञानेन्द्र, हिमानी लगायत राजधानीको एलओडी पुगेका थिए । पूर्वराजपरिवारले त्यहाँ झण्डै २ घण्टा बिताएका थिए ।

संयोगवश कमेडी च्याम्पियनका लागि केकी अधिकारी, रीमा विश्वकर्मा लगायत पनि त्यहीँ पुगेका थिए । उनीहरूले ज्ञानेन्द्र, हिमानी लगायत अन्यसँग तस्वीर खिचाएका थिए ।

पूर्वराजा आउने खबर पाएपछि केकी लगायत अन्य कलाकार ज्ञानेन्द्रलाई कुरेर बसेका थिए । एलओडीमा ज्ञानेन्द्र, हिमानी आएपछि त्यहाँको माहोल नै परिवर्तन भएको केकीले बताइन् ।

सञ्चालकले कलाकारका रुपमा केकीको परिचय गराउन खोज्दा पूर्वराजा ज्ञानेन्द्रले ‘चिन्छु’ भनेको केकीले बताइन् । ‘पूर्वराजाले उहाँलाई म चिन्छु, फिल्म पनि हेरेको छु, भन्नुभयो, मलाई त कस्तो प्राउड फिल भयो,’ केकीले भनिन् ।

एलओडीमा अर्की नायिका पूजा शर्मा पनि पुगेकी थिइन् । उनले पनि पूर्वराजा र हिमानीसँग खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शनिवार नै अपलोड गरेकी थिइन् ।

यता केकी, रीमा लगायतको टीम पूर्वराजपरिवारसँग भेट गर्न पाउँदा खुशी देखिन्थ्यो । पूर्वराजा र हिमानीले एलओडीमा आएका दर्शकसँग पनि साक्षात्मक गरेका थिए । उनी एलओडीमा ‘ह्याप्पी’ मुडमा देखिएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ५५ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी