१४ जना अग्नी नियन्त्रकलाई दिइयो तालिम | Khabarhub Khabarhub

१४ जना अग्नी नियन्त्रकलाई दिइयो तालिम


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरको अग्नी नियन्त्रण शाखा (जुद्ध बारुण यन्त्र कार्यालय) ले आगो नियन्त्रण, खोज तथा उद्धार सम्बन्धि सञ्चालन गरेको ७ दिने आधारभूत तालिम आइतबार सकिएको छ ।

तालिममा काठमाडौं महानगरका ६ जना नगर प्रहरी, सशस्त्र प्रहरीबाट ४ जना र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाबाट ४ जना गरी १४ जना अग्नि नियन्त्रक सहभागी भएका थिए ।

तालिममा आगोको परिचय, आगोको विज्ञान र प्रकार, आगो नियन्त्रण गर्ने उपकरण र बिधि, आगलागीका समयमा अपनाउनु पर्ने सावधानी, धुँवा भरिएको स्थानमा अग्लो स्थानमा आगो नियन्त्रण गर्ने सीप, फायर इस्टिङ्ग्वीसरको प्रयोग, आत्म सुरक्षाका सामाग्री र सीपसँगै खोज तथा उद्धारको आधारभूत सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । तालिममा सिकेको ज्ञानलाई प्रयोगात्मक अभ्यास पनि गराइएको थियो ।

तालिम समापन अवसरमा बोल्दै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले शरीरभन्दा बढी पेशाको माया गर्ने अग्नि नियन्त्रकहरुलाई आत्मसम्मान हुने गरी महानगरले कार्यक्रम अघि सार्ने बताए ।

यो जटिल प्रकृतिको काम हो । साइरन बजाएर सडकमा आउँदा पनि सवारी जाम र नागरिकको अटेरीपनले समयमा घटना स्थलमा पुग्न नसकिने अवस्था छ । घटनास्थलमा पुगिसकेपछि पनि काम गर्न सजिलो छैन ।

‘आफ्नै शरीर जोखिममा राखेर अग्नि नियन्त्रकले काम गर्छन्’ संयोजक शाक्यले भने ‘महानगरले अग्नि नियन्त्रण तथा खोज उद्धार सम्बन्धि आन्तरिक व्यवस्थापन मजवुत गरेर अन्य नगरलाई पनि श्रोत, सीप र प्रबिधिले सहयोग गर्छ ।’

त्यस अवसरमा तालिममा सिकाइका बिषयमा जानकारी दिँदै, अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाले काठमाडौं दमकलका अग्नि नियन्त्रकलाई जोखिमसँग लड्न सक्ने बनाउन नियमित क्षमता विकासका कार्यक्रमको खाँचो देखाए ।

यो पेशामा लाग्नेले दिनरात भन्न पाउँदैन । आफ्ना व्यक्तिगत र पारिवारिक प्राथमिक काम गर्न पाउँदैन । यति सबै क्षेत्रमा सम्झौता गरेर आगो नियन्त्रण गर्न खटिने जनशक्तिलाई नीतिगत व्यवस्थाबाटै प्रोत्साहित गरिनुपर्ने गाछाको माग रहेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा तालिमका सहभागी अमरगढी नगरका अग्नि नियन्त्रक मीमबहादुर ऐरले तालिम पाएपछि आगो नियन्त्रणका लागि हिम्मत बढेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : २१ बजे

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।