चितुवाको डमरु मृत फेला | Khabarhub Khabarhub

चितुवाको डमरु मृत फेला


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा सोमबार बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो ।

अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चितुवाको डमरुलाई डिभिजन वन कार्यालयको प्राङ्गणभित्र खाडल खनेर पुरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।

पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डमरुको मृत्युको कारणबारे खुल्न नसकेको बरालले बताए । ‘भाले चितुवाकै आक्रमणबाट डमरुको मृत्यु भएको हुन सक्छ,’ बरालले भने ।

जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतङ्क छ । भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ३७ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको