जाडोमा हार्टअट्याकको जोखिम उच्च, कसरी बच्ने ? | Khabarhub Khabarhub

जाडोमा हार्टअट्याकको जोखिम उच्च, कसरी बच्ने ?


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जाडो मौसममा मुटुसँग सम्बन्धित रोगको जोखिम हुने गरेको छ । अहिले चिसो मौसम सुरु भएका कारण यसबारे जानकारी लिन आवश्यक हुन्छ ।

जाडोको समयमा शरीर निस्क्रिय भएमा हृदयघात अर्थात हार्ट अट्याकको जोखिम बढ्न सक्ने चिकित्सकहरु बताउँछन् ।

मुटु संवेदनशील अंग हो । मुटुमा चिसोका कारण संक्रमण बढ्न सक्छ । हाम्रो शरीरले न्यानोपन खोजिरहेको हुन्छ । जाडोमा चिसो हुने भएकाले धेरैले नियमित व्यायाम नै गर्दैनन् ।

जाडोको समयमा शरीरको नशाहरु साँघुरिने हुन्छन् । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढ्न जान्छ । यस्तो अवस्थामा हार्ट अट्याकको जोखिम उच्च हुने गर्छ । पछिल्लो समयमा मानिसहरुमा हार्ट अट्याकको समस्या बढेको पाइन्छ ।

हार्टअट्याकका कारण

निस्क्रिय जीवनशैलीमा जिउँनु, शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नु, उच्च रक्तचाप, मोटोपना पढ्नु लगायतका कारणले हर्टअट्याकको जोखिम हुन जान्छ ।

सुर्तिजन्य पदार्थको प्रयोग, धुम्रपान र अत्याधिक मदिरा सेवन, वंशाणुगत गुण, अस्वस्थ्यकर खानपान, मानसिक तनाव आदीका कारण हर्टअट्याकको जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

जोखिम भएपनि हार्ट अट्याकबाट बच्ने उपायहरु नभएका होइनन् ।

त्यसका लागि उच्च रक्तचाप, मोटोपन र सुगरलाई नियन्त्रण गर्ने काम गर्नु पर्छ । त्यसका लागि दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने गर्दा मुटुलाई जोगाउन सकिन्छ । यस्तै छाती दुख्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।

तनावका कारण पनि मुटु सम्बन्धी समस्या देखिन जान्छ । त्यसैले तनावबाट मुक्त रहने गर्नुहोस् र बेलाबेलामा मुटुको परीक्षण गराउने गर्नुहोस् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ४९ बजे

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी