शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट | Khabarhub Khabarhub

शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट भएको छ । आइतबार राति भएको समूह एको खेलमा इंग्ल्याण्डले कोसोभोलाई ४–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।

खेलको ३२ औ मिनेटमा ह्यारी विङ्कको गोलबाट इंग्ल्याण्डले अग्रता लियो । ७९ औ मिनेटमा ह्यारी केनले अग्रतालाई दोब्बर बनाए । त्यसको चार मिनेटपछि मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई ३–० को स्थितिमा पुर्याएका थिए ।

ईन्जुरी समयमा मासन माउन्टले गोल गर्दै पाहुना टिमलाई प्रभावशाली जित दिलाए । सिनियर स्तरको खेलमा माउन्टको समेत पहिलो गोल हो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै इंग्ल्याण्डले छनोट प्रतियोगिताको अन्त्य गरेको हो । शीर्ष स्थानको इंग्ल्याण्डले ८ खेलबाट २१ अंक जोड्यो । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ३९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र