श्रमिकको कानूनी र नीतिगत सुधारको काममा सरकार सक्रिय– मन्त्री विष्ट | Khabarhub Khabarhub

श्रमिकको कानूनी र नीतिगत सुधारको काममा सरकार सक्रिय– मन्त्री विष्ट


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको कानुनी र नीतिगत पक्षलाई ध्यान दिइरहेको बताएका छन् ।

युएईमा जारी अवुधावि डायलग कार्यक्रममा श्रम मन्त्री विष्टले नेपालको ध्यान पछिल्लो समयमा भर्ना प्रकिया मर्यादित बनाउँदै नेपाली श्रमिकको सुरक्षामा केन्द्रीत भएको बताए ।

डायलगमा मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गदै मन्त्री विष्टले दृढतापूर्वक अगाडी बढाइएका यस्ता प्रयास द्धिपक्षिय तथा क्षेत्रीय सहयोगमा सार्थक हुने धारणा राखेका थिए ।

‘नेपाल कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र भएको सन्दर्भमा अवुधावि डायलग तथा कोलम्वो प्रोसेसवीचको सहकार्यले क्षेत्रीय सहकार्यलाई बढाउने विश्वास गरेको छौं ।’ उनले भने, ‘कोलम्वो प्रोसेस श्रमिक पठाउने मुलुकहरुको साझा मञ्च हो भने अवुधावि डायलग श्रमिक लिने मुलुकहरुको साझा मञ्च हो । दुवैबिचमा पारष्पारिक समबन्ध हुनपर्छ ।’

कोलम्बो प्रोसेसले ५ वटा विषयगत क्षेत्रलाई प्राथमिकता दिएको मन्त्री विष्टले बैठकमा धारण राखेका थिए । सीप, विप्रशेषण व्यवस्थापन, मर्यादित भर्ना प्रक्रिया, पूर्वप्रस्थान अभिमुखिकरण तालिम तथा श्रम बजारको विश्लेषण नेपालको प्रथामिकतामा रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : २४ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम