विश्व सैनिक खेलकूद प्रतियोगितामा नेपाली सेनाको मार्चपास | Khabarhub Khabarhub

विश्व सैनिक खेलकूद प्रतियोगितामा नेपाली सेनाको मार्चपास


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको विहीवार चीनमा झण्डोत्तोलन भएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका थिए ।

समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो । चिनियाँ जनमुक्ति सेनाले यहाँस्थित सैनिक खेलकूद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ ।

प्रतियोगितामा भाग लिन बुधबार राति सबै नेपाली खेलाडी चीन पुगेका छन् ।

शुक्रबार भव्य समारोहबीच उद्घाटन हुने उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सि¬ङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनेछन् ।

मस्कट ‘विङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामकरण गरिएको छ । नेपालसहित विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्णपदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजका रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ हो ।

उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन हुने सबै स्थान मोटरबाट ४० झण्डै मिनेटभित्रै पुग्न सकिने दूरीमा रहेकाछन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’नाम दिइएको छ भने ट्रफिलाई ‘शान्तिको प्रतिक’को सङ्ज्ञा दिइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  २ : ४८ बजे

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ– चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले