कतारले विदेशी श्रमिकलाई अस्थायी रोजगार अनुमति दिने | Khabarhub Khabarhub

कतारले विदेशी श्रमिकलाई अस्थायी रोजगार अनुमति दिने


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार सरकारले आवश्यकताअनुसार छोटोअवधिका लागि विदेशी श्रमिक आपूर्ति गर्ने भएको छ । सन् २०२२ विश्वकप फुटवलको आयोजक राष्ट्र कतारले अस्थायी विदेशी श्रमिकका लागि रोजगारी अनुमति दिने भएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले हालै उक्त निर्णय भएको भन्दै सूचना जारी गरेको छ ।

कतारमा निर्माण तथा सेवा क्षेत्रमा धेरै अस्थायी श्रमिकको माग धेरै रहेको जनाइएको छ । उक्त मन्त्रालयको निर्णयअनुसार कतारका कम्पनीहरुले एक देखि तीन महिनासम्म ६ वटा क्षेत्रमा विदेशी अस्थायी श्रमिक रोजगारीमा ल्याउन लक्ष्य राखेको हो ।

कतार सरकारले विदेशी कामदारका सन्तानले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने नयाँ निर्णय पनि लागू गरेको मन्त्रालयले सूचनामा जानकारी गराएको छ ।

योभन्दा कतारमा काम गर्ने कम्पनीको स्पोन्सर अनिवार्य थियो । अब उनीहरूले आफ्नो परिवारको स्पोन्सर रहुञ्जेल स्पोन्सर परिवर्तन नगरी निजी क्षेत्रमा काम सक्ने व्यवस्था लागू गरिएको छ ।

कतारमा रहेका विदेशी कामदारलाई अनलाइन मार्फत् प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट दिने समेत जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १२ : ५१ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा