उपचारका नाममा युवतीमाथि धर्मगुरुद्वारा यौन हिंसा | Khabarhub Khabarhub

उपचारका नाममा युवतीमाथि धर्मगुरुद्वारा यौन हिंसा


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झारफुक गरी धार्मिक विधिबाट उपचार गर्ने भन्दै गुम्बामा लगेर बिरामी युवतीहरुलाई यौन हिंसा गरेको आरोपमा एक धर्मगुरुलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।

उच्च अदालत पाटनले एक धर्म गुरुलामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ । यस अघि निर्दोष ठहर गर्दै जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको संयुक्त इजलासले धर्मगुरु लामा भिक्षुसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गर्दै सो फैसला सुनाएको हो ।

काठमाडौको दक्षिणकाली चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकापमा शरीर बन्धक राखी युवतीमाथि लगातार करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

उच्च अदालत पाटनको फैसलापछि लगत्तै प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी महिला मनिषा लामालाई आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले साइबर क्राइम अन्तर्गत दोषी ठहर गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ५६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई