ख्याल गरौं शरीरमा आउने मुसा क्यान्सरको कारण हुनसक्छ | Khabarhub Khabarhub

ख्याल गरौं शरीरमा आउने मुसा क्यान्सरको कारण हुनसक्छ


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंको शरीरमा मुसा आएका छन् । यदी छन् भने सचेत हुनुहोस र चाँडै यसको उपचारमा जुट्नुहोस् । किनभने चिकित्सकहरुले शरीरमा आउने मुसा क्यान्सरको लक्षण पनि हुनसक्ने बताएका छन् ।

सामान्य रुपमा छाला बिगार्ने जस्तो देखिए पनि मुसाले क्यान्सरको संकेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसैले शरीरमा मुसा फैलिएमा अलि सचेत हुन आवश्यक छ ।

यदि तपाई जन्मिदा देखिने कुनै मुसा छ भने यो हानीकारक हुँदैन, तर जन्मेपछि मुसा भएको हो या ठुलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यो क्यान्सरको कारक बन्न सक्छ ।

यदि कुनै व्याक्तिमा ३० बर्षको उमेर पछि मुसा पलाएको छ भने त्यसमा क्यान्सरका हुने खतरा बढी रहन्छ । यस्तो अवस्थाका मुसा खतरानाक हुन्छ शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजर अन्दाज गर्नु हुँदैन ।

यदि मुसा भएको ठाउँ चिल्लाउ छ भने पनि यसलाई हलुका किसिमले लिनु हुँदैन । तुरन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

किन आउँछ मुसा ?

जन्मिएपछि देखा पर्ने मुसाको मुख्य कारण ईन्फेकसन नै हो । यी मुसाहरु शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो ।

छालामा पेपिलोमा भाइरसको कारण सासाना, खस्रो, कडा खालको, नदुख्ने दानाहरु छालामा पलाएको देखिन्छ । केही प्रकारका मुसाहरु शारीरिक सम्पर्कको माध्यमले पनि एक अर्को सम्म पुग्छ ।

मुसा तोरीको दानादेखि अंगूरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ ।

सामन्यतया शरीरमा देखिने मुसाहरु कालो, खैरो, सेतो, रातो हुन्छन् । काही छालाको रंग जस्तै पनि हुन्छ । जसले गर्दा मानिसलाइ मुसा आएको थाहा नै हुदैन । यसकारण मानिसहरु यसको बारेमा ध्यान दिदैनन ।

कुन मुसा कस्तो कसरी थाहा पाउने

धेरैजसो मुसाहरु छालाको सतह भन्दा आलिकमाथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो किसिमको पनि हुन्छ, भने केहि चिल्लो मुलायम र च्याप्टो सतह भएको हुन्छ ।

कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको । केही मुसा भने छुँदा दुख्ने खालको हुन्छ । कुनै ऐजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउछ । हेर्दा घिन लाग्ने देखिन्छ, यस्ता मुसाहरु बिषेशगरि हात र खुट्टामा देखिन्छ ।

मुसाका प्रकार

साधारण देखिने मुसालाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका अंगमा बढी देखिन्छ । यी मुसा साना देखि अत्यन्त ठुला पनि हुनसक्छ ।

यो मुसा हेर्दा खस्रो देखिने, साह्र्रो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बुढा सबैलाई यसप्रकारको मुसा आउँछ ।

च्याप्टो खालको मुसा (फ्लयाट वार्टस) : बच्चा र व्यस्यक व्याक्तिमा बढी देखिन्छ । बिषेशगरी केटाकेटीको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसा जस्तो सजिलै थाहा पाउन सकिन्न ।

यस्ता मुसा सासाना थोप्ला जस्ता देखिन्छन र यसको टुप्पो पनि समथर हुन्छ । यो दाह्री जुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हात मा पनि देखिन्छ ।

जेनिटल वार्टस (कन्डिलोमा) अर्थात गुप्तांगमा देखिने यो मुसा : सामान्यतया गुप्तांग वरिपरि र तिघ्राको बीचमा, तथा महिलाको योनीका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौन सम्पर्कबाट सर्छ ।

यी मुसाहरु आकारमा अंगुरका झुप्पा जस्ता ससानादेखि ठूला ठूला झुप्पा जस्ता पनि हुनसक्छ । हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुटाको पैतालामा हुने यस प्रकारका मुसाहरु दुख्ने र सार्हो हुनुको साथै बिचभागमा केही खाल्डोयुक्त हुन्छ ।

यसले गर्दा ब्याक्तिलाई हिडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरपर यस्तो मुसा आउँदा अत्यन्तै दुख्ने हुन्छ । यस्तै अर्को प्रकारको मुसा जुन प्रायः गरी (बुचर) कसाइ (मासु काटी रहने मान्छेको हातमा देखिन्छ । यसप्रकारको मुसालाई बुचर वार्टस भनिन्छ ।

यो साहै कडा हुन्छ र हेर्दा काऊली जस्तो देखिन्छ ।

कसरी गर्ने उपचार

मुसा ६ महिनादेखि बर्ष दिनभित्र आफै हराएर जान थाल्छ । त्यसको लागि कुनै विषेश उपचार गरिहाल्नु पर्दैन । शरीरका बिभिन्न भागमा रहेका मुसाको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ ।

जस्तैं भौतिक रुपले नष्ट गर्ने, करेन्टले डामेर वा लेजर प्रबिधिबाट मुसालाई हटाउने गरिन्छ । यी विधिका आफ्नै जटिलता र धेरै साईड ईफेक्टहरु पनि छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : १६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई