अफगानिस्तानमा भएका विष्फोटको जिम्मा तालिबानले लियो | Khabarhub Khabarhub

अफगानिस्तानमा भएका विष्फोटको जिम्मा तालिबानले लियो


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– ३० जनाको ज्यान जानेगरी अफगानिस्तानमा गराइएका दुई बम विष्फोटको जिम्मा इस्लामिक लडाकु समूह तालिबानले लिएको छ ।

मंगलबार अफगानिस्तानको परवान प्रान्तको राजधानी चारिकर शहरमा राष्ट्रपति अशरफ घानी सहभागी रहेको चुनावी र्‍याली नजिकै गराइएको विष्फोटमा २४ जनाको ज्यान गएको थियो । यस आक्रमणमा ३१ जनाभन्दा धेरै घाइते भएका थिए । आक्रमणमा राष्ट्रपति घानी भने सुरक्षित रहेको अधिकारीले जनाएका छन् ।

त्यस्तै, मंगलबारै राजधानी काबुलमा गराइएको अर्को बम विष्फोटमा ६ जना मारिएका थिए । आक्रमणमा अरु १४ जना घाइते भएका थिए ।तालिबानले विज्ञप्ति जारी गर्दै दुबै आक्रमणको जिम्मा लिएको हो ।

विज्ञप्तिमा तालिबानले पटक–पटक मानिसहरुलाई चुनावी र्‍यालीमा नजान उर्दी जारी गरेकाले आक्रमणका पीडितहरु आफ्नो अवस्थाका लागि आफैं जिम्मेवार रहेको जनाएको छ ।

अफगानिस्तानमा ११ दिनपछि हुने राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै गर्दा तालिबानले चुनावी समारोहलाई लक्षित गरी आक्रमणलाई बढाउने आशंका गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : ५२ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको