संविधान दिवसको अवसर पारेर सेनाद्वारा वृक्षरोपण | Khabarhub Khabarhub

संविधान दिवसको अवसर पारेर सेनाद्वारा वृक्षरोपण


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले काठमाडौं उपत्यकामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरेश्वरचोकदेखि सुन्धारा नागस्थानसम्म सडकको पश्चिमतर्फ वृक्षरोपण गरेको छ ।

सेनाले संविधान दिवसको उपलक्ष्यमा सुन्धारा, भोटाहिटी, जमल हुँदै दरबारमार्ग महेन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षरोपण कार्यक्रम गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । विभिन्न जातका गरी करीब २५० वटा बिरुवा रोपिएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका, नेपाली सेना र वातावरण विभाग सहकार्यमा उपत्यकामा हरियाली विस्तार गर्ने उद्देश्यले शुरु भएको वृक्षरोपण कार्यक्रमलाई नेपाली सेनाले निरन्तरता दिँदै जनाएको छ ।

यसैबीच, नेपाली सेनाले यस वर्षबाट खुला सामरिक लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय तथा सामरिक विषयमा खोज, अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य उक्त प्रतियोगिता आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगिताका लागि राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक–सैनिक सम्बन्ध र सैनिक कूटनीति शीर्षक तोकिएको छ ।

प्रतियोगितामा भाग लिन चाहने लेखकले असोज १ देखि ३० गतेसम्म लेखरचनाको शीर्षक बुझाउनुपर्नेछ । स्वीकृत भएको शीर्षकको दायरामा रहेर मङ्सिर १ देखि माघ १५ गतेसम्म सैनिक मुख्यालयमा आइपुग्ने गरी लेखरचना पेश गर्नुपर्नेछ ।

लेखरचना दुई हजारदेखि दुई हजार ५०० शब्दको हुनुपर्नेछ । सेनाले प्रतियोगितामा उत्कृष्ट लेखलाई समेटेर ‘एकता जर्नल’ मा प्रकाशन गर्नेछ । प्रतियोगितामा छनौट भएका ३० लेखलाई पुरस्कृत गरिने सेनाले जनाएको छ ।

यसअघि नेपाली सेनासँग सम्बन्धित विभिन्न विषयमा आधारित रहेर प्रत्येक वर्ष ‘लघु चलचित्र प्रतियोगिता’ सञ्चालन हुँदै आएको छ । प्रतियोगिताका उत्कृष्ट चलचित्रहरुलाई सेनाले पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : ४८ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण