दुई दिनदेखि व्यथा लागेकी सुत्केरीको उद्धार | Khabarhub Khabarhub

दुई दिनदेखि व्यथा लागेकी सुत्केरीको उद्धार


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– दुई दिनदेखि व्यथा लागेर अलपत्र परेकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अत्याधिक रक्तस्राव भएर ज्यान जोखिममा परेकी साइपाल गाउँपालिका–१ धलौनकी २४ वर्षीया रामदेवी बोहरालाई मंगलबार हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल चैनपुर ल्याइएको हो ।

व्यथा लागेपछि बोहरालाई दुई दिनअघि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । उनलाई महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

बच्चाको पेटमै मृत्यु भए पनि बोहराको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको डा सन्दिप ओखेडाले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र