नेपालमा पनि चिनियाँ चलचित्रको व्यावसायिक बजार खोज्न सकिन्छ: केशव भट्टराई | Khabarhub Khabarhub

नेपालमा पनि चिनियाँ चलचित्रको व्यावसायिक बजार खोज्न सकिन्छ: केशव भट्टराई


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपालमा पनि चिनियाँ चलचित्रको बजार खोज्न सकिने धारणा राखेका छन् । मंगलबार राजधानीमा भएको ‘चाइना फिल्म फेस्टिभल’ को उद्घाटन समारोहका क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले चिनियाँ चलचित्र उद्योगले विश्वमा छुट्टै परिचय स्थापना गरिसकेको र चिनियाँ चलचित्रको उत्कृष्ट बजार व्यवस्थाबाट नेपालीले पनि धेरै कुरा सिक्न सक्ने धारणा समेत राखे ।

‘चिनियाँ चलचित्रको उत्कृष्ट बजार व्यवस्थाबाट हामीले धेरै कुरा सिक्न सक्छौँ,’ अध्यक्ष भट्टराईले भने, ‘नेपाली चलचित्रलाई पनि चिनियाँ बजारमा पु–याउन सकिन्छ र नेपालमा पनि चिनियाँ चलचित्रको व्यावसायिक बजार खोज्न सकिने सम्भावना देखेको छु ।’

उनले चीन र नेपालको सांस्कृतिक महत्त्व रहेको भन्दै तीन दिनसम्म चल्ने चिनियाँ फिल्म फेस्टिभलको सफलताको शुभकामना दिए ।

गणतान्त्रिक चीन घोषणाको ७० वर्ष पुगेको अवसरमा चिनियाँ फिल्म फेस्टिभलको आयोजना गरिएको हो । सो अवसरमा ६ चिनियाँ फिल्म स्किृनिङ गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ४ : ३२ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा