गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा निर्वाचित वडाध्यक्ष नै पक्राउ | Khabarhub Khabarhub

गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा निर्वाचित वडाध्यक्ष नै पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित थिए ।

कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले उनीहरुलाई मंगलबार बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको बगरस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहसहित अन्य ४५ विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको गाउँपालिका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताए ।

कानूनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै कांग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : २४ बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने