भन्सालीले बनाए मोदीमाथि फिल्म, प्रभासले फस्ट लूक लञ्च गर्ने | Khabarhub Khabarhub

भन्सालीले बनाए मोदीमाथि फिल्म, प्रभासले फस्ट लूक लञ्च गर्ने


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म र डकुमेन्ट्री बनिसकेका छन् । यसैबीच निर्देशक सञ्जय लीला भन्सालीले मोदीको जीवनीमा आधारित फिल्म निर्माण गरेका छन् । उक्त फिल्मको नाम ‘मन बैरागी’ रहनेछ ।

मोदीको जन्मदिन पारेर फिल्मको फस्ट लूक पनि सार्वजनिक गरिने भएको छ । यो फिल्मको फस्ट लूक बाहुबली स्टार प्रभासले गर्ने भारतीय मिडियाले लेखेका छन् ।

यो फिल्म प्रधानमन्त्री मोदीको जीवनका नसुनिएका कहानीमा आधारित हुनेछ । तर यसको आधिकारिक जानकारी भने आएको छैन । फिल्मको निर्माण भन्साली र महावीर जैनले गरेका छन् भने निर्देशन सञ्जय त्रिपाठीले गरेका छन् ।

भन्सालीले यो फिल्ममा कहानीमा रिसर्च गरिएको समेत बताएका छन् । साथै उनले मोदीको जीवनमा आएको टर्निङ प्वाइन्टले आफूलाई उत्साहित बनाएको पनि प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : १९ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार