खराब मौसमले खेतमै हेलिकोप्टरको आकस्मिक अवतरण | Khabarhub Khabarhub

खराब मौसमले खेतमै हेलिकोप्टरको आकस्मिक अवतरण


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो ।

बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ७ वटा हेलिकप्टर मौसममा आएको गडबडीका कारण काभ्रेमा आकस्मिक अवतरण गरिएको हो ।

मौसमका कारण भिजिविलिटी कम भएपछि मनाङ एयर, सिम्रिक एयर र कैलाश एयरका हेलिकोप्टर बीच बाटोमै अवतरण गर्नु परेको विमान कम्पनीले जनाएका छन् ।

७ वटा हेलिकप्टरमध्ये ४ वटा पाँचखाल र ३ वटा नेपालथोकमा आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पाँचखालमा अवतरण गरिएका ४ वटै हेलिकोप्टरमा चालक र विदेशी पर्यटक सहित २१ जना यात्रु रहेको उनले बताए । हेलिकोप्टर सोलुखुम्बुको लुक्लाबाट आएका हुन् ।

तस्वीर: रामसुन्दर आचार्य

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ५५ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी