जागिर तथा व्यवसायमा सफलता पाउन कुन राशि भएकाहरुले कस्को पूजा गर्ने ? | Khabarhub Khabarhub

जागिर तथा व्यवसायमा सफलता पाउन कुन राशि भएकाहरुले कस्को पूजा गर्ने ?


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ ।

मानिसको जीवनमा ग्रहको प्रभाव स्वरुप विभिन्न उतारचढाव आइरहेका हुन्छन् । यस्ता समस्या निवारणको लागि आफ्ने कुन दशा चलेको छ ? कस्को पूजा गर्दा दोष निवारण हुन्छ लगायतका विषयमा ज्योतिष शास्त्रले बताउँछ ।

यहाँ हामीले जागिर तथा व्यवसायमा सफलता हासिल गर्न राशिअनुसार के गर्ने भन्ने विषयमा उल्लेख गरेका छौं–

मेष राशि

मेष राशिका मानिसको व्यवसाय शुक्रमा निर्भर हुन्छ । त्यसैले सेतो कपडा र स्फटिकको माला धारण गर्नुपर्छ । हरेक शुक्रबार लक्ष्मीमाताको आराधना गरे व्यवसाय तथा जागिरमा आएको समस्या हट्ने विश्वास गरिन्छ ।

वृष राशि

बृष राशिका मानिसका लागि बुधले सफलता दिने गर्दछ । हरेक बिहान भगवान गणेशको पूजा आरधना गरी दुबो अर्पण गरे वा बिहान बेलुका हनुमान चालीसा पाठ गरे ब्यवसाय/जागिरमा लाभ मिल्नेछ ।

मिथुन राशि

मिथुन राशिका मानिसको व्यापार–व्यवसाय शुक्र र बृहस्पतिमा निर्भर हुन्छ । नियमित रुपमा बिहान सूर्यलाई शुद्ध जलमा बेसार मिसाएर अर्पण गरेमा व्यवसाय/जागिरका क्रममा आउने समस्या समाधान हुनेछ ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिको व्यवसाय शनिमा निर्भर हुन्छ । नियमित शनि चालीसा पाठ गरी हरेक शनिबार पीपलको फेदमा दीपदान गरेमा व्यवसाय/जागिरमा आएको ब्यवधान हटेर जानेछ ।

सिंह राशि

सिंह राशिका मानिसको व्यापार व्यवसाय शनि र मंगलमा निर्भर हुन्छ । नित्य हनुमानको श्रद्धापूर्वक उपासना गर्ने र हरेक शनिवार कालो चना दान गर्नाले व्यवसाय/जागिरको उल्झन हट्नेछ ।

कन्या राशि

कन्या राशिका मानिसको व्यापार/व्यवसाय बुध र बृहस्पतिमा निर्भर हुन्छ । व्यवसाय/जागिरमा आएको समस्या हटाउन नियमित पहेलो फूलद्धारा गणेशको पूजा–आरधना गर्ने गणेश मन्त्र जाप गर्नुपर्दछ ।

तुला राशि

तुला राशिका मानसिको व्यवसाय शनि र मंगलमा निर्भर हुन्छ । नियमित रूपमा बिहान सायं शनि मंत्र को जाप गर्ने र रातो कपडाले नरिवल बाधि व्यवसाय स्थानमा राखे समस्या हट्नेछ ।

वृश्चिक राशि

वृश्चिक राशिका मानिसहरुको व्यवसाय शुक्रमा निर्भर हुन्छ । व्यवसाय स्थलमा सेतो गणेश लक्ष्मीको मुर्ती स्थापना गरी हरेक बिहान विधिवत रुपमा नित्यकर्म तथा पूजा गर्नाले व्यवसाय/जागिरको समस्या हट्नेछ ।

धनु राशि

धनु राशिका मानिसहरुको व्यवसाय मंगल र बुधमा निर्भर हुन्छ । नियमित रूपमा हनुमानको उपासना गर्ने र बुधबार हरियो फल वा तरकारी दान गर्नाले व्यवसाय/जागिरको समस्या हट्नेछ ।

मकर राशि

मकर राशिको ब्यवसाय शुक्र र चन्द्रमा निर्भर हुन्छ । व्यवसाय स्थानमा भगवान शिवको स्थापना गरी नित्य बिहान सेतो फूलद्वारा पूजा गर्नाले व्यवसाय/जागिरको व्यवधान घटेर जानेछ ।

कुम्भ राशि

कुम्भ राशिका मानिसहरुको व्यवसाय सूर्य र शुक्रमा निर्भर हुन्छ । व्यवसाय स्थलमा तामाका भाडांमा पानि राख्नाले तथा हरेक बिहान सायं श्री सूक्तमको पाठ गरे व्यवसाय/जागिरको आउने समस्या दूर हुनेछन् ।

मीन राशि

मीन राशिका मानिसहरुको व्यवसाय चन्द्र तथा बुधमा निर्भर हुन्छ । नियमित बिहान भगवान शिवलाई दुबो र जल अर्पण गरी १०८ पटक शिव मन्त्र उच्चारण गरेमा व्यवसाय/जागिरमा श्रीवृद्धि हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ३० बजे

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र