ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च | Khabarhub Khabarhub

ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पुर्‍याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत कैलाी र कञ्चनपुरका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ ।

पाँच वर्षअघि कैलाली र कञ्चनपुरलाई लक्षित गरी शुरु गरिएको कार्यक्रम अन्तर्गत सडक निर्माण, सडक स्तरोन्नति र पुल निर्माण गरिएका छन् ।

सो कार्यक्रमअन्तर्गत कञ्चनपुरमा स्तरोन्नतितर्फ ६ वटा सडक र दोधारा चादँनीको मलेरिया नालामा पक्की पुल निर्माण गरिएको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमका इञ्जिनियर प्रदीपराज पन्तले जानकारी दिए ।

“हामीले स्तरोन्नति, पुलनिर्माण, नियमितमर्मत र आवधिक मर्मतलगायतका शीर्षकमा काम गर्‍यौँ”, इञ्जिनियर पन्तले भने, “कार्यक्रम सकिन करीब तीन महिना मात्रै बाँकी छ ।”

सो कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा गरी करीब रु ४४ करोड ५० लाख रकम खर्च भएको इञ्जिनियर पन्तले जानकारी दिए । उनले सडक पूर्वाधारको निर्माणले स्थानीयवासीलाई आवागमनमा सहजता मिलेको बताए ।

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत मलेरिया नालामा रु दुई करोड ५१ लाखमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ०४ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र