अनुप र वर्षा अभिनित फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (भिडियो) | Khabarhub Khabarhub

अनुप र वर्षा अभिनित फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (भिडियो)


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । पूर्वी नेपालको सामान्य कथा समेटिएको यो फिल्मको ट्रेलर काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरियो ।

निर्माण टिमले पूर्वी नेपालको कथा झल्काउने गरी फिल्म निर्माण गरेको जनाएको छ । आयोजित कार्यक्रममा फिल्मका अभिनेता अनुपविक्रम शाही, नायिकाद्वय वर्षा शिवाकोटी र माला लिम्बु लगायत उपस्थित थिए ।

ट्रेलरमा गाउँले परिवेशलाई समेटिएको छ । सन्तोष राई र भिषण राईको कथा तथा पटकथा रहेको ‘पुरानो बुलेट’ लाई भिषण राईले निर्देशन गरेका हुन् ।

चैत्र १ गतेबाट रिलिज हुने यो फिल्ममा अनुप, वर्षा र मालाका अलावा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बादल श्रेष्ठ, टीकाराम राई लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ०६ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा