ऋतिकको ‘कृष ४’ को तयारी पूरा, फ्लोरमा कहिले ? | Khabarhub Khabarhub

ऋतिकको ‘कृष ४’ को तयारी पूरा, फ्लोरमा कहिले ?


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनको सुपरहिरो फिल्म सिरिज ‘कृष’ को चौथो भागलाई लिएर दर्शकमा लामो समयदेखि प्रतीक्षा छ । खबर त आइरहेको थियो तर फिल्म कहिले शुरु हुन्छ भन्ने पक्का भइसकेको थिएन । निर्देशक राकेश रोशनको क्यान्सरको उपचार गर्नुपर्ने भएपछि फिल्मको काममा समस्या आएको थियो ।

यतिबेला भने फिल्मको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

भारतीय मिडियालाई आधार मान्ने हो भने यो फिल्म सन् २०२० को पहिलो महिनाबाट फ्लोरमा जानेछ । यद्यपि यो फिल्म पूरा बनेर आउन अझै समय लाग्नेछ । सन् २०२० मा पनि फिल्म रिलिज हुने छैन ।

फिल्मलाई पहिले सन् २०२० को क्रिसमसको मौका पारेर रिलिज गर्ने भनिएको थियो । तर निर्माता तथा निर्देशक राकेश रोशनले फिल्मको अझै पनि स्किृप्टकै काम भइरहेको बताए ।

उनको हालै सर्जरी गरिएको थियो । उनलाई शुरुवाती समयमा घाँटीमा क्यान्सर देखिएको थियो । अहिले भने उनी रिकभर हुँदैछन् ।

फिल्म ‘कृष ४’ का बारेमा हल्ला के पनि छ भने फिल्मलाई बाहुबलीमा झैँ दुई भागमा रिलिज गरिनेछ । दुवै फिल्मलाई एकसाथ बनाइनेछ तर रिलिज भने फरक मितिमा गरिनेछ ।

यो फिल्मको पहिलो भाग ‘कोइ मिल गया’ सन् २००३ मा रिलिज भएको थियो भने सन् २००६ मा ‘कृष’ लाई फिल्मको दोस्रो भाग रिलिज गरिएको थियो । पछिल्लो सिरिज ‘कृष ३’ भने सन् २०१३ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ०५ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र