बीबीएलको फाइनलमा सन्दीपको कसिलो बालिङ, तर विकेट लिन सकेनन् | Khabarhub Khabarhub

बीबीएलको फाइनलमा सन्दीपको कसिलो बालिङ, तर विकेट लिन सकेनन्


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को फाइनल खेलमा मेलबर्न स्टार्सबाट खेलीरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मेलबर्न रेनेगेड्सविरुद्ध कसिलो बलिङ गरेका छन् ।

डुकल्यान्ड रंगशालामा भएको खेलमा सन्दीप्ले ४ ओभर बलिङ गरेर १६ रन मात्रै खर्चेका छन् । खेलको सातौं ओरभमा बलिङ गर्ने अवसर पाएका सन्दीप्ले आफ्नो पहिलो ओभरमा २ रन मात्रै खर्चे । दोस्रो ओभर पनि कसिलो बलिङ गरेका उनले ५ रन खर्चे भने तेस्रो ओभरमा पनि कसिलो बलिङ गरे । लामिछानेले आफ्नो तेस्रो ओभरमा ३ रनमात्रै खर्चे । बलिङ कसिलो गरेपनि सन्दीप विकेटविहीन रहे ।

त्यस्तै, व्यक्तिगत चौथो ओभरमा पनि सन्दीप्ले विकेट लिने प्रयास गरेपनि विकेट लिन सकेनन् । तर, ६ रन मात्रै खर्चेका थिए । योसँगै सन्दीपको बीबीएलमा ८ खेल खेल्दै १९५ रन खर्चेर ११ विकेट लिएका छन् ।

जारी खेलको ताजा अवस्थामा मेलबर्न रेनेगेड्सले १६ ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन बनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ५४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर