ईन्धन सकिन केही मिनेट अगाडि विमान आकस्मिक अवतरण, १ सय ५३ यात्रुको ज्यान जोगियो | Khabarhub Khabarhub

ईन्धन सकिन केही मिनेट अगाडि विमान आकस्मिक अवतरण, १ सय ५३ यात्रुको ज्यान जोगियो


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा १५३ जना यात्रु बोकेर उडेको विमानले इन्धन सकिन ६ मिनेट अघि आकस्मिक अवतरण गरेको खुलासा भएको छ ।

घटना गत सोमबारको हो । भारतको मुम्बई शहरबाट राजधानी नयाँ दिल्लीतर्फ उडेको विमान खराब मौसमका कारण आकाशमै फन्को मारिरहेको थियो । यस्तैमा १५३ यात्रु सवार विस्तारा एअरको विमानलाई ४२० किलोमिटर टाढा लखनउतर्फ डाइभर्ट गर्न निर्देशन जारी गरियो । लखनउको मौसम पनि अनुकूल थिएन ।

भिजिबिलिटी एकदमै कम थियो भने विमान अवतरण गर्न मुश्किल थियो । लखनउमा विमान अवतरण गर्न सकिएन । विमानलाई ३० मिनेट उडान समय लाग्ने प्रयागराज शहरको विमानस्थलतर्फ जान निर्देशन जारी गरियो । प्रयागराजको अवस्था पनि उस्तै रहेकाले विमान लखनउतर्फ नै फर्किने भयो । यस्तो अवस्थानमा विमानको इन्धन सकिन लागिसकेको थियो । विमानको इन्धन आकस्मिक स्तरसम्म पुगेको थियो ।

यतिकैमा विमानका पाइलटले इन्धनका कारण मेडे अर्थात् आकस्मिक सन्देश जारी गर्नुपर्यो । तर, भाग्यवश लखनउको मौसममा सुधार भयो । विमानमा केबल २ सय किलोग्राम इन्धन बाँकी रहेको अवस्थामै लखनउको विमानस्थलमा विमान ओर्लियो । २ सय किलोग्राम इन्धन केबल ५ देखि ७ मिनेट उडान भर्न ठिक्क हुन्छ ।

मुम्बईबाट नयाँ दिल्लीसम्मको उडान केबल ४ घण्टाको हुन्छ तर, सोमबार उक्त विमानले आकाशमा ४ घण्टा बिताएको थियो । सोही कारण विमानमा इन्धन सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ४३ बजे

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र