विश्वकप छनोटको दोस्रो चरणमा नेपालले विश्वकप खेलेको अस्ट्रेलियासँग खेल्ने | Khabarhub Khabarhub

विश्वकप छनोटको दोस्रो चरणमा नेपालले विश्वकप खेलेको अस्ट्रेलियासँग खेल्ने


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

विश्व फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

समूह बी मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ छन् । बुधबार सार्वजनिक खेल तालिका अनुसारका खेलहरु आगामी सेप्टेम्बरदेखि जुनसम्म हुनेछन् ।

दोस्रो चरणको छनोटमा ४० टोली रहेका छन् । जसमा ४० टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । खेल राउण्ड रोविनका आधारमा हुनेछ । जसमा प्रत्येक समूहमा ५ टोली रहेका छन् । समूहका हरेक टिमले होम एण्ड अवे गरी ८ खेल खेल्नेछन् ।

समूह विजेता र उत्कृष्ट चार उपविजेता गरी १२ टोलीले चीनमा हुने एएफसी एसियन कप २०२३ को फाइनल चरणमा स्थान बनाउँनेछन्। यी १२ टोलीले कतारमा हुने फिफा विश्वकपको छनोटको पनि फाइनल चरणमा स्थान बनाउँनेछन्। नेपाल पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । फिफा बरियताको एसियाली ३४ स्थानसम्म पर्ने टोली सोझै दोस्रो चरणमा पुग्ने व्यवस्था छ । विश्वकप छनोटका लागि नेपाली टोली अहिले अभ्यासमा यस्त छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ३ : ३५ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको