सिरियामा विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु | Khabarhub Khabarhub

सिरियामा विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस- सिरियाको अलेप्पो प्रान्तमा सिरियाली विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको ज्यान गएको छ । अलेप्पो प्रान्तको अल–वाहिदी गाउँमा भएको क्षेप्यास्त्र आक्रमणमा अरु १५ जना घाइते भएका छन् । आक्रमणमा मारिनेमा ५ जना बालबालिका रहेको जनाइएको छ ।

सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल-कायदासम्बद्ध हायात तहरिर अल-शामले उक्त आक्रमण गरेको हो ।

अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले आक्रमण गरेको हुनसक्ने सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।

पछिल्लो समय सेनाले विद्रोहीविरुद्ध हामा, इडलिब तथा अलेप्पो प्रान्तमा सैनिक कारवाहीलाई तीव्र पारिरहँदा पछिल्लो आक्रमण भएको हो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको