नेपालको पहिलो भू-उपग्रहलाई केहीबेरमा पृथ्वीको कक्षमा छाडिँदै | Khabarhub Khabarhub

नेपालको पहिलो भू-उपग्रहलाई केहीबेरमा पृथ्वीको कक्षमा छाडिँदै


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू-उपग्रहले आजबाट पृथ्वीको कक्षमा परिक्रमा गर्नका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट छाडिने भएको छ ।

अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रस्थित किबो मोज्युलबाट अपरान्ह ४ बजेबाट नेपालको पहिलो भू-उपग्रह नेपाली स्याट-१ पृथ्वीको कक्षका लागि छाडिने भएको हो ।
बर्डस परियोजना अन्तर्गत जापानको क्युटेक विश्वविद्यालयको सहयोगमा गत वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गरिएको उक्त भू-उपग्रहलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा राखिएको थियो ।

नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाड्दै गर्दा उक्त अवसरको प्रत्यक्ष प्रसारण समेत गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ४९ बजे

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग