बैद्य माओवादीको विद्यार्थी संगठनद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी | Khabarhub Khabarhub

बैद्य माओवादीको विद्यार्थी संगठनद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन बैध (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिए । ‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्,’उनले भने, ‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ, तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौं ।’

गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बसिरहेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : २२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम