गुठी विधेयकबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाका सांसदको बैठक | Khabarhub Khabarhub

गुठी विधेयकबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाका सांसदको बैठक


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा पेश गरिएको गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाएका छन् ।

विधेयकको विषयमा विरोध प्रदर्शन चर्किदै गएपछि प्रधानमन्त्रीले कमजोरी सच्याउने प्रतिवद्धता जनाइसकेका छन् ।

साताव्यापी युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएका ओलीले सोमबार विहानैदेखि विधेयकका विषयमा परामर्श लिन शुरु गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याइने बताएका थिए ।

प्रधानमन्त्री ओलीले विधेयकका विवादित विषयलाई सच्याउने सन्दर्भमा कानून मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको कानून महाशाखाका सचिव तथा अन्य अधिकारीसँग पनि परामर्श गरेका छन् ।

प्रधानमन्त्री ओलीले विधेयकमा समावेश भएका विषय र विरोधका क्रममा भइरहेका आन्दोलनबारे छलफल गर्न काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदलाई बोलाएका हुन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १ : ५६ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ