आतंकवाद निर्मूल पार्न आपसी समन्वय र सहकार्य आवश्यकः मन्त्री पोखरेल | Khabarhub Khabarhub

आतंकवाद निर्मूल पार्न आपसी समन्वय र सहकार्य आवश्यकः मन्त्री पोखरेल


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा सवै सचेत हुनेपर्नेे बताएका छन् ।

सुरक्षा चुनौती राष्ट्रिय सिमाभित्र मात्र सीमित नरहने भन्दै उनले यसका लागि सवै राष्ट्रहरुबीच समन्वय, सहयोग र सहकार्यको आवश्यकता रहने बताएका हुन् ।

नेपाली सेनाले पहिलो पटक आयोजना गरेको राष्ट्रिय सुरक्षा र प्रतिआतंकवाद सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले आतंकवादी गतिविधि रोक्न राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता रहेको औल्याए ।

उनले आतंकवाद मानवता र अन्तर्राष्ट्रिय सुरक्षामा जटिल चुनौती बन्दै गएको सन्दर्भमा यसलाई निर्मूल पार्न सवैको सहकार्यबाट मात्रै सम्भव हुने बताए ।

कार्यक्रममा विशेषज्ञ श्रीलंकाका प्राध्यापक डाक्टर रोहन गुणरत्नले आतंकवाद कुनै एक देशको समस्या नभई सामुहिक समस्या भएको जिकिर गरे । यसको निराकरणको लागि आन्तरिक रुपमा राज्यका विभिन्न संयन्त्रहरु परिचालित हुनेपर्ने बताए ।

उनले अन्तर्राष्ट्रि क्षेत्रमा मित्रराष्ट्रहरुबीच समेत आपसी समन्वय, सहयोग र सहकार्य अत्यन्तै महत्वपूर्ण रहने तर्क गरे ।
कार्यक्रममा ईजरायलका राजदूत वेन्नी ओमरले आफ्नो देशमा आतंकवादले खडा गरेका चुनौती र त्यसको निराकरणको लागि चालिएका कदमहरुबारे जानकारी गराएका थिए ।

कार्यक्रममा विभिन्न देशका राजदूतहरु, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथी लगायत अन्य उच्चपदस्त अधिकारीहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ४८ बजे

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब