ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने ४५ वर्षीय दिलीपकुमार विकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको रङ्गेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । ठक्कर दिने ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ४० बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना