कांग्रेस कार्यकर्ताको ‘तीर्थस्थल’ बेच्दै कोइरालाकै सन्तती ! | Khabarhub Khabarhub

कांग्रेस कार्यकर्ताको ‘तीर्थस्थल’ बेच्दै कोइरालाकै सन्तती !


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको नयाँ पत्रिका दैनिकले सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता तर, निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले शीर्षकको समाचारलाई प्रमुख प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– ३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइराला निवास पुगे ।

काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरुले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए ।

कांग्रेसको उद्गम थलो भन्दै उनीहरुले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरुलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे ।

तर त्यहाँ पुगेका कांग्रेस कार्यकर्ता आक्रोशित थिए । कोइराला निवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ताा सरकारले भर्खरै हटाएकोमा उनीहरु रुष्ट बनेका थिए ।

अस्थाको धरोहर बेचियो

कांग्रेस कार्यकर्ता कोइराला निवसालाई आस्थाको धरोहर तीस्र्थस्थल मान्छन् । तर, कोइराला खलकका सन्तानले यो स्थान अंशबन्डा गर्दै बेच्दै गरिरहेका छन् ।

सुरुमा कोइरालानिवास दुई बिघाजति जमिनमा फैलिएको थियो । कृष्णप्रसाद कोइरालाका पाँच छोरामध्ये मातृकाप्रसादले आफ्नो अंश पहिल्यै लिइसकेका थिए । विश्वेश्वर, केशवप्रसाद, तारणीप्रसाद र गिरिजाप्रसादको अंशमा ८–८ कट्ठा पाएका थिए ।

तिनका सन्तानले जग्गा बेच्दै गएका छन् भने बेचिएका जग्गामा ठुल्ठूला घरहरु बन्न थालेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : २१ बजे

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण