जहाँ दिनमा तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ | Khabarhub Khabarhub

जहाँ दिनमा तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पृथ्वीमा दिन र रात छुट्टिनुको पछाडि सूर्यको उदय र अस्त हो । दिनमा एकपटक मात्रै सूर्य उदाउँछ भन्ने कुरा त सबैलाई थाहा भएकै हो । तर यस्तो ठाउँ जहाँ प्रत्येक दिन तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ भन्ने चाहिँ तपाईंलाई थाहा नहुन सक्छ । तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो र वैज्ञानिकहरुले यो कुरा पत्ता लगाएका छन् ।

ग्रह तीन ताराको परिक्रममा लगाउँछ

वैज्ञानिकहरुले केही समय पहिले एक नयाँ ग्रहको खोजी गरेका थिए । जुन ग्रह पृथ्वीबाट ३४० प्रकाश वर्ष टाढा र बृहस्पति ग्रहभन्दा चार गुणा बढी तौल रहेको छ । यो ग्रहले तीनवटा तारालाई परिक्रमा लगाउँने गर्छ । यो यस्तो ग्रह हो, जहाँ प्रत्येक दिन तीनपटक सूर्योदय र सूर्यास्त हुने गर्छ ।

नयाँ ग्रहको उमेर १ दशमलब ६ करोड वर्ष

वैज्ञानिकहरुले आफ्नो अध्ययनमा नयाँ ग्रहको उमेर १ दशमलब ६ करोड वर्ष रहेको बताएका छन् । यहाँ पृथ्वीको कुरा गर्ने हो भने पृथ्वीको उमेर ४ दशमलब ५ अर्ब वर्ष हो ।

यस्तो के कारण हुन्छ भने पहिलो पटक निर्मित ग्रह अत्यधिक तातो हुन्छ । त्यस्तो ग्रह सेलाउन अत्यन्तै धेरै वर्ष लाग्छ । यो तारा प्रणाली पृथ्वीबाट ३ सय प्रकाशवर्ष टाढा एक खुला ताराहरुको समूहको भाग हो । जसलाई वैज्ञानिकहरुले एसोसिएसन भनेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ०७ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई