नेकपाले घोषणा गर्‍यो जनवर्गीय स‌गठनको नेतृत्व, को-को परे ? | Khabarhub Khabarhub

नेकपाले घोषणा गर्‍यो जनवर्गीय स‌गठनको नेतृत्व, को-को परे ?


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पार्टी एकीकरणको वर्षदिन पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले विभिन्न जनवर्गीय सङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ ।

मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा एमालेको पुरानो कार्यालय मदननगर, बल्खुमा शुक्रवारआयोजित कार्यक्रममा जनवर्गीय स‌गठनको नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।

पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसङ्गठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको सङ्ख्या सार्वजनिक गरेका हुन् ।

घोषित विवरणअनुसार अखिल नेपाल किसान महासङ्घको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा सङ्घ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल रहेका छन् ।

अखिल नेपाल महिला सङ्घको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासङ्घ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस सङ्गठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएको महासचिव पौडेलले जानकारी दिए ।

यसैगरी नेपाल बुद्धिजिवी सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासङ्घ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल सरल सहयात्री छन् ।

त्यस्तै नेपाल मुस्लिम सङ्गठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासङ्घको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग सङ्गठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुङ्गाना, खेलकूद महासङ्घ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला घोषित भए ।

यसैगरी उद्योग व्यवसायी महासङ्घको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च भारत मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् ।

नेपाल कानून व्यवसायी सङ्गठन, नेपाल निर्माण व्यवसायी सङ्गठन र नेपाल इञ्जिनीयर सङ्गठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो । बाँकी रहेको एकता प्रक्रिया चाँडै टुङ्गो लगाइने महासचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : २७ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित