विभागको टोलीद्वार एसओएस म्यानपावरमा छापा, कागजात जफत | Khabarhub Khabarhub

विभागको टोलीद्वार एसओएस म्यानपावरमा छापा, कागजात जफत


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक रावश्व अनुसन्धान विभागको टोलीले राजधानीको चक्रपथस्थित एसओएस म्यानपावर कम्पनीमा छापा मारेको छ ।

बुधबार अपराह्न विभागको टोलीले सो म्यानपावरमा छापा मारी केही महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

विभागले कर छलीको आरोपमा राजधानीका आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीमाथि अनुसन्धान जारी राखेकाे महानिर्देशक मैनालीले बताए ।

म्यानपावरले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा कर छली गरेको पाइएपछि उनीहरुलाई कारबाहीकाे दायरामा ल्याउन विभागले अनुसन्धान जारी राखेको उनले बताए ।

म्यानपावरले विदेशमा कामदार पठाएको विवरण यथार्थ नबुझाएको तथा ठूलो मात्रामा राजश्व छली गर्ने गरेको विभाग श्रोतको भनाइ छ ।

म्यानपावरहरुले वार्षिक आय र कारोबार वैदेशिक रोजगार विभागमा बुझाउँदा पनि थोरै मात्र देखाएर बुझाउने गरेको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ३६ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा