विस्थापितमाथि नै विपत्ति, हावाहुरीले छाप्रा उडायो | Khabarhub Khabarhub

विस्थापितमाथि नै विपत्ति, हावाहुरीले छाप्रा उडायो


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे बगरका विस्थापितहरुको विचल्ली भएको छ । गएराति आएको हावहुरीले खाल्टे बगरमा बनाइएको घर टहरा भत्काएपछि उनीहरुको बिचल्ली भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी देवर्षि सापकोटाका अनुसार हावाहुरीले उत्तरगया गाउँपालिका–५ को खाल्टे बगरमा विस्थापित परिवारले निर्माण गरेका छाप्रा आवास क्षति पुर्‍याएको हो । नेपाल प्रहरीले तयार गरेको तथ्यांकअनुसार हावाहरीबाट १३ घरटहरा पूर्णरुपमा क्षति भएका छन् भने ३२ वटामा आंशिक क्षति भएको छ ।

विसं २०७२ को भूकम्पका कारण साबिक हाकु–८ र ९ वडाबाट गोगने, मैलुङ क्षेत्रबाट विस्थापित भई ती प्रभावित नागरिक खाल्टे बगरमा बस्दै आएकाले हुन् ।

तत्कालका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट त्रिपाल पठाउने तयारी भइरहेको र अन्य थप व्यवस्था उत्तरगया गाउँपालिकाले गर्ने जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री