आगलागीबाट ५० लाखको क्षति | Khabarhub Khabarhub

आगलागीबाट ५० लाखको क्षति


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको राजविराजस्थित मुख्य बजारमा बुधबार भएको आगलागीबाट ५० लाख बराबरको क्षति भएको छ । आगलागीबाट पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएको छ ।

आगलागीबाट राजविराजस्थित शहीद दशन चोकमा रहेका सात पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट पशुपति रेडिमेड स्टोर, शौरभ शीतल महल, श्री पशुपति होटल, अमृत वैष्णव होटल, विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर र चौधरी सिको टाइम पसलमा क्षति पुगेको छ ।

आगलागी भएको पशुपति कोल्ड स्टोरका सञ्चालक अमृत साहका अनुसार घर र पसलहरु रहेको राजविराजको मुख्य बजारमा लागेको नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो ।

बिजुली सर्ट भई पशुपति स्टोरबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आगलागी लागेको घटनाबारे कार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर