प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियाको नाम अनुमोदन | Khabarhub Khabarhub

प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियाको नाम अनुमोदन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेश कुमार थपलिया संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका छन् ।

संसदीय सुनुवाइ विशेष समितिले बुधबार थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

समितिले बुधबार दिउँसो थपलियाको सुनुवाइ गरेको थियो ।

सुनुवाइपछि समितिका सबै सदस्यको सर्वसम्मतिबाट थपलियाको नाम अनुमोदन भएको संसदीय सुनवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निर्वतमान सचिव थपलिया निजामति सेवाबाट निवृत्त भएको १ महिना पनि नपुग्दै निर्वाचन आयोगको प्रमुख आयुक्तमा अनुमोदन भएका हुन् ।

सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि थपलियाले प्रमुख निर्वाचन आयुक्तको पद्भार ग्रहण गर्नेछन् ।

संसदीय सुनुवाइ समितिले थपलियासँगै समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : २३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला