संसदीय टोलीले गर्‍यो कोरला नाकाको स्थलगत अध्ययन | Khabarhub Khabarhub

संसदीय टोलीले गर्‍यो कोरला नाकाको स्थलगत अध्ययन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुस्ताङ– व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ९ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।

गत हप्ता मुस्ताङ आएर बुधबार फर्किएको संसदीय टोलीले जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको समेत अध्ययन, अनुगमन गरेर सरोकारवालाहरुसँग छलफलमार्फत सुझावसमेत सङ्कलन गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

टोलीलाई जिल्लाका सरोकारवालाले बेनी–जोमसोम–कोरला सडक आयोजनालाई तीव्रता दिन, विभिन्न स्थानमा मोटरेबल पुल निर्माण गर्न, कोरला नाका सञ्चालनका लागि आवश्यक कुटनीतिक पहल अघि बढाउन, सुरक्षा र प्रशासनिक तयारीका लागि पहल गरिदिन सुझाव दिएका छन् ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन र भ्रमणका लागि आउने भक्तजन तथा पर्यटकहरुको उपचारका लागि चिकित्सकसहितको दरबन्दी भएको स्वास्थ्य संस्था सञ्चालनका लागि पनि माग गरिएको सांसद तुलाचनले बताए ।

अध्ययन र छलफलका विषयलाई समेटेर प्रतिवेदन तयार पारी सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाइने सभापति खरेलले बताए । नेपाल भ्रमण वर्ष २०२० र कोरला नाका सञ्चालनको तयारीका विषयमा सुझाव सङ्कलनका लागि संसदीय टोली मुस्ताङ आएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का लागि मुस्ताङ पनि मुख्य पर्यटकीय गन्तव्य भएकाले यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने जिल्लाका सरोकारवालाहरुको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ३ : १४ बजे

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने