बेलायतले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने | Khabarhub Khabarhub

बेलायतले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बेलायत सरकारले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने भएको छ। बेलायती नियोग डीएफआईडीले विपन्न नेपालीका लागि ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको हो ।

डीएफआईडीले बुधबार एक कार्यक्रमको आयोजना गरी ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी गराएको हो । ४ वर्ष भित्र ९० हजारभन्दा बढी विपन्न नेपाली नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी दिने गरी यो कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका उपप्रमुख प्रशन्न केसीले जानकारी दिए।

यो कार्यक्रम पहिलो चरणमा प्रदेश दुईको धनुषा जिल्ला र प्रदेश ५ को वुटवल–भैरहवामा केन्द्रित हुनेछ । सबैभन्दा बढि विदेशिएका धनुषा जिल्लाका नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी कार्यक्रम ल्याइएको केसीले बताए । त्यस्तै उद्योग धन्दाको सम्भावना बढि रहेकाले बुटवल–भैरहवामा पनि कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए ।

कार्यक्रम अनुसार विपन्न वर्गका नागरिकहरुलाई कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासको काममा दक्ष हुने गरी आवश्यक तालिम दिइनेछ । नेपाल सरकार, निजी क्षेत्र र सामाजिक संघ, संस्थाहरुसँगको सहकार्यमा संचालन हुने कार्यक्रमको ५० प्रतिशत खर्च बेलायत सरकारको तर्फबाट डीएफआईडीले व्यहोर्ने छ । बाँकि खर्च सहकार्य गरिरहेका संस्थाहरुले व्यहोर्नु पर्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १ : ०६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर