३ करोडको लागतमा बन्यो अत्याधुनिक पेट्रोल पम्प | Khabarhub Khabarhub

३ करोडको लागतमा बन्यो अत्याधुनिक पेट्रोल पम्प


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका २९६ सहकारीको लगानीमा भरतपुरको बाइपासरोडमा साझा पेट्रोल पम्पको निर्माणकार्य सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो । सङ्घले पम्प निर्माणको संयोजन गरेको छ ।

सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार यही वैशाख ८ गतेबाट पम्प सञ्चालनमा आउने छ । पम्प निर्माणका लागि हालसम्म ३ करोड लगानी भइसकेको उनले बताए । सञ्चालनमा आउँदै गर्दा दुई ट्याङ्कर र तेल खरीद गर्दा लागत मूल्य करीब ५ करोड पुग्ने उनले बताए ।

पेट्रोल पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार एउटा सहकारीको रु २५ हजारदेखि पाँच लाखसम्म शेयर रहेको छ । अत्याधुनिक प्रविधिबाट पम्प निर्माण गरेको उल्लेख गर्दै अधिकारीले भने, ‘पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता छ ।’

एक बिघा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्गमैत्री शौचालय, भान्छाघर, ग्रोसरी, ज्याकवास, हावा भर्ने ठाउँलगायत सबै सुविधा रहेको छ । सोही क्षेत्रमा २२ सटरसमेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताए ।

एक वर्षअघि निर्माण थालिएकामा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प आउँदो साताबाट सञ्चालन गर्न लागिएको हो । निजी क्षेत्रका पेट्रोलपम्पको संस्थामा सदस्य नबन्ने र सकेसम्म सस्तो मूल्यमा इन्धन बिक्री गर्ने तयारी सङ्घले गरेको छ । चौबीसैँ घण्टा पम्प सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : ०३ बजे

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का