कर्मचारी पदपूर्ति नगर्न लोकसेवा आयोगलाई प्रदेश २ को पत्राचार | Khabarhub Khabarhub

कर्मचारी पदपूर्ति नगर्न लोकसेवा आयोगलाई प्रदेश २ को पत्राचार


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट कर्मचारी पदपूर्ति नगर्न पत्राचार गरेका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा सरकार प्रष्ट  पार्दै प्रदेश २ का १३६ स्थानीय तहका लागि कर्मचारी भर्ना नगर्न लोकसेवा आयोगलाई पत्र पठाएका हुन्।

प्रदेश निजामती सेवा ऐन विधेयक प्रदेशसभामा पेश भएर अन्तिम चरणमा पुगेका बेला मुख्यमन्त्रीले यस्तो आग्रह गरेका हुन्। संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी प्रदेशसभामा पेश भएको हो।

मुख्यमन्त्रीको सचिवालयले कर्मचारीका लागि विज्ञापन नगर्न आयोगलाई आग्रह गरेको हो। नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुने उल्लेख छ।

त्यसैगरी धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन संचालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाको गठन र संचालन गर्न सक्ने व्यवस्था छ।

यस्तो छ पत्र

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : १९ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर