युइएफए च्याम्पिययन्स लिग -  बार्सिलोना सेमिफाईनल पुग्यो | Khabarhub Khabarhub

 युइएफए च्याम्पिययन्स लिग –  बार्सिलोना सेमिफाईनल पुग्यो


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – स्पेनिस महारथी बार्सिलोना युइएफए च्याम्पिययन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदान क्याम्प नोउमा भएको क्वाटरफाइनल फाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हाले एक गोल गरे ।

पहिलो लेगको खेलमा १–० ले अघि रहेको बार्सिलोनाले क्याम्प नोउमा फराकिलो अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा मेस्सीले १६ औ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा उनले बार्साको अग्रता दोब्बर पारे । काउटिन्होले ६१ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेको थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ०७ बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी