आईसीसी वरियतामा नेपाल युएईभन्दा अघि | Khabarhub Khabarhub

आईसीसी वरियतामा नेपाल युएईभन्दा अघि


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा एक स्थान सुधार गरेको छ ।

शनिबार सार्वजनिक भएको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेसँगै नेपाली टोली १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहँदा युनाइटेड अरब इमिरेट्स (युएई) १४ औं स्थानमा रहेको थियो एक स्थान सुधार भए सँगै युएई एक स्थान पछि धकेलिएको हो ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक प्राप्त गरेको छ । नेपाल भन्दा पछि युएई र नेदरल्याण्ड्स छन् ।

वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका रहँदा पाँचौ स्थानमा अस्ट्रेलियान छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ४८ बजे

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज