मालपोत तथा नापी कार्यालय विद्युतीय प्रणालीमा | Khabarhub Khabarhub

मालपोत तथा नापी कार्यालय विद्युतीय प्रणालीमा


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एक वर्ष भित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने जानकारी दिएकी हुन् ।

आइतबार कलंकीस्थित मालपोत कार्यालयमा शुरु गरिएको सुधारका प्रयासहरुको निरीक्षण गरेपछि उनले सो कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट व्यवस्था गर्ने, त्यसपछि असार मसान्तभित्र उपत्यका सबै मालपोत तथा नापी कार्यालयहरु र एक वर्ष भित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने योजना अघि सारेकी हुन् ।

मन्त्री अर्यालले सबै मालपोत कार्यालयबाटै बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरिन् । सुशासन र सेवा ग्राहीको कामलाई सहज बनाउन आफूले ती सेवाहरु विस्तारका लागि कलंकीथित मालपोत कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गर्न लागेको मन्त्री अर्यालले जानकारी दिइन् ।

कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सेवा ग्राहीको कामलाई सहज ढंगले अघि बढाउन आवश्यक सबै प्रविधिहरुको विकास गर्ने लगायतको कामलाई शुरु गरिएको छ । मन्त्री अर्यालले कलंकीपछि डिल्ली बजार र त्यसपछि चावहिलमा रहेको मालपोत कार्यालयको सेवामा तत्काल सुधारका पहल अघि बढाइएको पनि उनले जानकारी दिइन् ।

मन्त्री अर्यालले के भनिन् ? भिडियो

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : ५१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम