अमेरिकामा साढे ८ अर्बको कोकिन बरामद | Khabarhub Khabarhub

अमेरिकामा साढे ८ अर्बको कोकिन बरामद


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाका लागऔषध नियन्त्रण गर्ने प्रहरीले न्यूयोर्क एण्ड न्यू जर्सी बन्दरगाह क्षेत्रमा कोलम्बियाबाट ल्याइएको डेढ टन (१३७०.७८ किलोग्राम) लागूऔषध कोकिन बरामद गरेको छ ।
न्यू जर्सी राज्यको नेवार्क शहरको बन्दरगाहमा प्रहरीले कोलम्बियाको बुएनाभेन्टुरा शहरबाट बेल्जियम लैजानका लागि अघिल्लो महिना अमेरिकी बन्दरगाहमा ल्याइएको पानीजहाजको कन्टेनरमा लागूऔषध बरामद गरेको हो ।

ड्राइफ्रुट राखिएको भनिएको सामानको कन्टेनरमा टाँचा बिग्रिएको भेटिएपछि प्रहरीले त्यहाँ शंकास्पद वस्तु रहेको छापा मारेको थियो । छापा मारेपछि त्यहाँ ६० वटा पोकामा डेढ टन सेतो धूलो फेला परेको थियो । लागूऔषध नियन्त्रण प्रहरीले परीक्षण गरेपछि सेतो धूलो कोकिन भएको प्रमाणित गरिएको थियो ।

उक्त कोकिनको बजार मूल्य ७ करोड ७० लाख अमेरिकी डलर (नेपाली रुपैयाँ ८ अर्ब ५० करोड) मूल्य बराबरको रहेको बताइएको छ ।

अमेरिकामा बरामद गरिएको २५ वर्षयता यो सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १२ : ०६ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई